एमाले नेता "घनश्याम खतिवडा"लाई (गोरे)मार्फत एक्पैसा पनि नलियेको खतिवडाले प्रमाणित गरे ।
लेटाङ । मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले आफुले सुन तस्कर चुडामणि उप्रेती “गोरे” बाट चन्दा लिएको भनेर विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएका छन् । न्यूजलयसँग कुराकानी गर्दै सांसद खतिवडाले आफ्नो निष्ठाको राजनीति सिध्याउन चाहनेहरुले हुँदै नभएको कुरा सञ्चारमाध्यममा ल्याएर आफ्नो बदनाम गराएको बताएका छन् ।
सांसद खतिवडाले आफुले गोरेको नाम सुन तस्करी काण्डको समाचार बाहिर आएपछि मात्र सुनेको र त्यसअघि चिन्दै नचिनेको बताएका छन् । ‘गोरेलाई म चिन्दा पनि चिन्दिन, पैसा लिने त परको कुरा हो, अहिले सुन तस्कारको समाचार आएपछि मात्र गोरे भन्ने नाम सुनेको हुँ’ उनले भने, ‘मेरो इमान र निष्ठाको राजनीतिमाथि आँच पु¥याउने षड्यन्त्र अनुसार सञ्चारमाध्यममा प्रचार–प्रसार भइरहेको छ ।’
३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त भनिएका मोरङको उर्लाबारीका चुडामणि उप्रेती “गोरे” बाट सांसद खतिवडाले गतवर्ष भएको निर्वाचनको समयमा २ लाख चन्दा लिएको भन्दै विभिन्न अनलाइनहरुमा समाचार आएपछि उनले यसको कडा प्रतिवाद गरेका हुन् । अनलाइनहरुमा समाचार आएपछि धेरैले खतिवडाको आलोचना गरेका छन् भने कतिपयले खतिवडा जस्तो निष्ठावान नेताले यस्तो गर्नै नसक्ने भन्दै प्रतिवाद गरेका छन् ।
सांसद खतिवडाले निर्वाचनको समयमा अरु उम्मेदवारले झैं पार्टीका शुभेच्छुक र कार्यकर्ताबाट मात्र स्वेच्छिकरुपमा सहयोग लिएको बताएका छन् । उनी तत्कालिन नेकपा एमालेबाट मोरङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनी सहकारी अभियान्ता समेत हुन् भने सरकारले भर्खरै घोषणा गरेको चूरे फेदी मार्ग (मदन भण्डारी राजमार्ग) संघर्ष समितिका अगुवा समेत हुन् । खतिवडा स्थानीयबासी तथा कार्यकर्ता पंक्तिमा सादा र निष्ठावान नेताका रुपमा चिनिन्छन् ।

Bocce casino app - jtmhub.com
ReplyDeleteBocce casino 강릉 출장마사지 app download 상주 출장안마 and install latest version for Android, iOS, Windows PC, Mac and Mobile Devices. bocce mobile casino casino 안성 출장마사지 app download and 파주 출장샵 install 포천 출장마사지